कोशी प्रदेश सरकार : केदार कार्कीले दायर गरेको रिट नै खारेज

हिमाल प्रेस ११ असार २०८१ १७:१५ | Tuesday, June 25, 2024
कोशी प्रदेश सरकार : केदार कार्कीले दायर गरेको रिट नै खारेज केदार कार्की।

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्ति गैरसंवैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट नै सर्वोच्च अदालतले खारेज गरिदिएको छ। आज मंगलबार न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमान रहेको तीन सदस्यीय पूर्ण इजलासले केदार कार्कीले दायर गरेको रिट खारेज गरिदिएको हो।

रिट खारेज गरेसँगै मुख्यमन्त्री हिक्मत कार्कीको मुख्यमन्त्री पद जाेगिएकाे छ। पूर्ण इजलासले आइतबारदेखि यो मुद्दामा निरन्तर सुनुवाइ गरेको थियो।

संविधानको धारा १६८ उपधारा ५ बमोजिम नै यसअघि मुख्यमन्त्री बनेका केदार कार्कीलाई समर्थन दिएका सांसदहरूले समर्थन फिर्ता लिएको ३० दिनपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका थिए।

उपधारा ५ बमोजिमको दोस्रो मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले २७ वैशाख २०८० मा सर्वोच्चमा रिट लिएर पुगेका थिए।सांसदको हैसियतमा दिएको समर्थन दलको ह्वीपको आधारमा फिर्ता नहुने दाबी केदार कार्कीको थियो। यसअघि नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा विद्रोह गरी कांग्रेस सांसद केदार कार्कीले एमालेको समर्थन लिएर मुख्यमन्त्री बनेका थिए। यहाँ कांग्रेस-माओवादीको गठबन्धन हुँदा माओवादीले मुख्यमन्त्री पाउने सहमति थियो।

पछि फेरि माओवादी-एमालेको गठबन्धन बनेपछि एमालेकै समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीको सरकार ढलेको थियो।

प्रकाशित: ११ असार २०८१ १७:१५ | Tuesday, June 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast