कोशी प्रदेशसरकारविरुद्धको रिटको सुनुवाइ आज

हिमाल प्रेस ११ असार २०८१ ८:२३ | Tuesday, June 25, 2024
कोशी प्रदेशसरकारविरुद्धको रिटको सुनुवाइ आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय।

काठमाडौँ- कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमा आज रिटकर्ताको तर्फबाट जवाफी बहस हुँदैछ।

जबाफी बहस सकिए आज फैसला आउने सम्भावना छ। तर प्रतिपक्षीले धेरै जना वकिलको नाम लेखाएकाले बहस अझै लम्बिनसक्ने सम्भावना पनि छ।

सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ भइरहेको रिटमा प्रतिवादी कोशी सरकारका वहालवाला मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट भएको बहस हिजो सकिएको छ । आज रिटकर्ताको तर्फबाट जवाफी बहस हुने कार्यसूची छ ।

बहसबाट संविधान र संसदीय प्रक्रिया महत्वपूर्ण हुन्छ अथवा संसद्भन्दा बाहिरबाट सरकार बनाउन मिल्छ भन्ने विषय टुंग्याएपछि पूर्ण इजलासले फैसला दिनेछ ।

कोशी प्रदेशमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावसमेत नराखी नयाँ मुख्यमन्त्री नियुक्त गरिएको थियो । एमालेका हिक्मतकुमार कार्कीलाई नियुक्त गरेपछि आफू मुख्यमन्त्री बहाल रहँदा रहँदै भएको नियुक्तिमाथि प्रश्न उठाउँदै केदार कार्की सर्वोच्च पुगेका हुन्।

उनले आफूविरुद्ध अविश्वासको प्रस्ताव नआएको, राजीनामा नदिएको र पदमुक्त हुने अन्य आधार पनि केही नभएको अवस्थामा नयाँ मुख्यमन्त्री नियुक्ति भएको दाबी गरेका छन् ।

प्रकाशित: ११ असार २०८१ ८:२३ | Tuesday, June 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast