कोपा अमेरिका : अर्जेन्टिनाको विजयी सुरुवात, अल्भारेज र मार्टिनेजले गरे गोल

हिमाल प्रेस ७ असार २०८१ ८:२५ | Friday, June 21, 2024
कोपा अमेरिका : अर्जेन्टिनाको विजयी सुरुवात, अल्भारेज र मार्टिनेजले गरे गोल

काठमाडौँ- कोपा अमेरिकामा विश्व विजेता अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ। मर्सिडीज बेन्ज स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा क्यानडालाई २-० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले विजयी सुरुवात गरेको हो।

खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन। दोस्रो हाफको ४९औँ मिनेटमा म्याक एलिस्टरको पासमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए। ८८औँ मिनेटमा लिओनल मेस्सीको पासमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २-० को जित दिलाए।

सन् २०२२ मा कतारमा भएकाे फिफा विश्वकप फाइनलमा फ्रान्सलाई हराउँदै आर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको थियाे।

प्रकाशित: ७ असार २०८१ ८:२५ | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast