कार जोगाउन खोज्दा त्रिशूलीमा बस खस्याे

हिमाल प्रेस ३२ जेठ २०८१ ९:३२ | Friday, June 14, 2024
कार जोगाउन खोज्दा त्रिशूलीमा बस खस्याे

काठमाडाैँ- पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर छ।

नेपालगन्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदीमा खसेको छ। काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदीमा खसेको हो। कारलाई जोगाउन खोज्दा बस नदीमा खसेको एक जना प्रत्यक्षदर्शीले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँच जना गम्भीर घाइते छन्। बसमा ४५ जना यात्री थिए। सबै यात्रीको अवस्था सामान्य छ।

गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ३२ जेठ २०८१ ९:३२ | Friday, June 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast