काभ्रेमा बोलेरोले ठक्कर दिँदा ८४ वर्षका वृद्धको मृत्यु

हिमाल प्रेस ५ असार २०८१ ८:०५ | Wednesday, June 19, 2024
काभ्रेमा बोलेरोले ठक्कर दिँदा ८४ वर्षका वृद्धको मृत्यु

काठमाडौँ- काभ्रेको नमोबुद्धमा गाडीले ठक्कर दिँदा ८४ वर्षका एक वृद्धको मृत्यु भएको छ।

मंगलबार राति पौने १० बजे बीपी राजमार्गमा पर्ने नमोबुद्ध नगरपालिका ७ भकुण्डेस्थित बुद्धचोकमा भकुण्डेबाट काभ्रेकै कटुन्जेतर्फ जाँदै गरेको बा १० च २४९६ नम्बको बोलेरो गाडीले ठककर दिँदा उनको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय शेरबहादुर लामा रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारको क्रममा राति ११ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनापछि लामालाई ठक्कर दिने बोलेरो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ५ असार २०८१ ८:०५ | Wednesday, June 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast