काठमाडौँ जाने भन्दै परिवारसँग छुटिएकी निशा मेलम्ची नदीमा मृत फेला

हिमाल प्रेस १३ असार २०८१ १९:३५ | Thursday, June 27, 2024
काठमाडौँ जाने भन्दै परिवारसँग छुटिएकी निशा मेलम्ची नदीमा मृत फेला प्रतीकात्मक तस्बिर।

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६, तालामाराङमा एक महिलाको शव फेला परेको छ। बिहीबार अन्दाजी २२ वर्षीय निशाकुमारी तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख, प्रहरी निरीक्षक भगवती तिमिल्सेना जानकारी दिइन्।

हेलम्बु गाउँपालिका–५ की तामाङको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ। परिवारसँग बुधबार काठमाडौँ जान्छु भनेर हिँडेकी उनी हेलम्बु गाउँपालिका–२ चिउरीखर्कस्थित खोला तर्दै गरेका देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। शव परीक्षणका लागि काठमाडौँ  पठाइएको  तिमिल्सेना जानकारी दिइन्।

प्रकाशित: १३ असार २०८१ १९:३५ | Thursday, June 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast