काठमाडौँका यी स्थानमा आज र भोलि विद्युत् अवरुद्ध हुँदै

हिमाल प्रेस ८ असार २०८१ ८:०९ | Saturday, June 22, 2024
काठमाडौँका यी स्थानमा आज र भोलि विद्युत् अवरुद्ध हुँदै प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाडौँको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ।

मर्स्याङ्दी काठमाडौँ २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा जडित शवस्टेशन अटोमेशन सिस्टमलाई सटडाउनमा राखी कार्य गर्नुपर्ने भएकोले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेको स्थानमा विद्युत् आवागमन प्रभावित हुने भएको हो।

शनिबार बिहान १० बजेदेखि ३ बजेसम्म सतुङ्गल, मच्छेगाउँ र फर्पिङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ। यी क्षेत्रमा आइतबार पनि फरक फरक समयमा विद्युत् आवागमन प्रभावित हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: ८ असार २०८१ ८:०९ | Saturday, June 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast