कांग्रेसकै बीचमा गठबन्धन गरौँ, कुनै पार्टीले हराउन सक्दैन : शेखर कोइराला

हिमाल प्रेस ६ असार २०८१ १३:२४ | Thursday, June 20, 2024
कांग्रेसकै बीचमा गठबन्धन गरौँ, कुनै पार्टीले हराउन सक्दैन : शेखर कोइराला डा. शेखर कोइराला। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसको बीचमा गबठन्धन भए अन्य राजनीतिक दलहरूले निर्वाचनमा पराजित गर्न नसक्ने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताए। उनले घात, अन्तर्घात हुने भयले अन्य राजनीतिक दलहरूबीच गठबन्धन हुने गरेको भएपनि काँग्रेसको बीचमा गठबन्धन गरेको खण्डमा कुनैपनि राजनीतिक दलले हराउन नसक्ने जिकिर गरे।

उनले महिलाहरू लैङ्गिक प्रतिनिधित्वमा राजनीतिक प्रतिनिधित्व भन्दा माथि उठ्न नसकेको बताए। उनले राजनीतिकसँगै आर्थिक, सामाजिक प्रतिनिधित्वमा पनि त्यत्तिकै सबल र सक्षम हुनुपर्ने बताए। कोइरालाले अबको निर्वाचनमा महिलाहरूलाई स्थानीय तहमा नेपाली काँग्रेसले प्राथमिकता दिएर पालिकाको अध्यक्षमा धेरै सिटहरू माहिलालाई दिन जरुरी रहेको बताए।

प्रकाशित: ६ असार २०८१ १३:२४ | Thursday, June 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast