‘कमेडी च्याम्पियन ३’ बने खड्का

हिमाल प्रेस १५ असार २०८१ २२:४६
‘कमेडी च्याम्पियन ३’ बने खड्का कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि विजेता सुनिल खड्का।

काठमाडौँ– प्रतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छन्। शनिबार भएको अन्तिम प्रतिस्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै खड्का ‘च्याम्पियन’ बनेका हुन्।

विजेता घोषित भएसँगै उनले नगद पच्चीस लाखसहित विभिन्न आकर्षक उपहार प्राप्त गरेका छन्। प्राप्त मतको आधारमा सुनसरीका काफ्ले दोस्रो (फस्ट रनरअप) र नवलपरासीकी खनाल तेस्रो (सेकेण्ड रनर अप) भएका छन्।

प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए।

प्रकाशित: १५ असार २०८१ २२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast