औषधि उद्योग तथा फार्मेसीको अनुगमन गर्न समिति गठन

हिमाल प्रेस १२ असार २०८१ १८:११ | Wednesday, June 26, 2024
औषधि उद्योग तथा फार्मेसीको अनुगमन गर्न समिति गठन फाइल तस्बिर

काठमाडौँ- औषधि उद्योग, फार्मेसी तथा औषधिसँग सम्बन्धित निकायहरूको स्थलगत अनुगमनका निम्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको छ।

अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा गठित समितिले जिल्लास्तरमा स्थलगत अनुगमन गर्नेछ।

समितिले ती निकायहरूको सञ्चालनको अवस्था, सेवा प्रवाह, क्षमता, सञ्चालन प्रक्रिया तथा मापदण्ड, औषधिको गुणस्तर, समस्या र चुनौतीबारे स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पार्नेछ।

समितिलाई प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ।

प्रकाशित: १२ असार २०८१ १८:११ | Wednesday, June 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast