ऐरीलाई दोस्रो सफलता, दक्षिण अफ्रिकाले गुमायो ४ विकेट

हिमाल प्रेस १ असार २०८१ ६:२९ | Saturday, June 15, 2024
ऐरीलाई दोस्रो सफलता, दक्षिण अफ्रिकाले गुमायो ४ विकेट दीपेन्द्रसिंह ऐरी

काठमाडौँ- टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन्।

रिजा हेन्डरिक्स ४३ रन बनाएर आउट भए। दक्षिण अफ्रिकाले १५.३ ओभरमा ४ विकेटको क्षतिमा ८२ रन बनाएको छ।

हालसम्म कुशल भुर्तेलले लगातार दुई विकेट झारेका छन्।

कुशलले १४ औँ ओभरको दोस्रो बलमा ३ रन बनाएका हेनरिक क्लासेनलाई करण केसीको हातबाट क्याच आउट गराए।

त्यसअघि कुशलले नै १२ औँ ओभरको दोस्रो बलमा कप्तान एडेन मक्रमलाई १० रन बनाउँदा बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाएका थिए।

त्यसअघि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डी कक लाई १० रन बनाउँदा आउट गरेका थिए।

 

प्रकाशित: १ असार २०८१ ६:२९ | Saturday, June 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast