एपीएफ एएफसी च्याम्पियन्स लिग खेल्ने

हिमाल प्रेस ३२ जेठ २०८१ १५:०९ | Friday, June 14, 2024
एपीएफ एएफसी च्याम्पियन्स लिग खेल्ने

काठमाडौँ- नेपाली महिला फुटबलले ठूलो फड्को मारेको छ। विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एसियन फुटबल महासंघ (एएफसी)ले आयोजना गर्ने शीर्ष श्रेणीको महिला च्याम्पियन्स लिग खेल्ने पक्का गरेको छ। एएफसीले सार्वजनिक गरेको सहभागी २२ टोलीमा एपीएफले खेल्ने पक्का छ। जसमा विश्व विजेता जापानदेखि उत्तर कोरिया, अस्ट्रेलिया, चीन, दक्षिण कोरिया, भियतनाम, भारत, भुटानसम्मका क्लबहरू रहेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिग च्याम्पियन एपीएफलाई सिफारिस गरेको हो। एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट अगष्ट २५ देखि ३१ सम्म हुनेछ। समूहका खेलहरू अक्टोबर ६ देखि १२ सम्म हुनेछ। यस्तै, फाइनल खेल २०२५ मेमा हुने तालिका छ।

एएफसीले जनाएअनुसार फिफा महिला वरियताअनुसार शीर्ष आठ राष्ट्र सिधै समूह चरणमा प्रतिस्पर्धा गर्नेछन्। अन्तिम चरणमा तीन समूहमा समान चार क्लबहरू हुनेछन्। यसरी १४ क्लबले भने प्रारम्भिक छनोट खेल्नुपर्ने हुन्छ। प्रारम्भिक छनोटको दुई समूहमा चार क्लब तथा थप दुई समूहमा तीन क्लब हुनेछन्।

जोर्डन, मलेसिया, साउदी अरेबिया र थाइल्यान्डले प्रारम्भिक छनोट आयोजना गर्नेछन्। समूह चरणको खेल चीन र भियतनाममा हुनेछ। समूह विभाजन तथा प्रारम्भिक छनोटको तालिका जुलाई १८ मा हुने एएफसीले जनाएको छ।

हाल एपीएफमा राष्ट्रिय टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बासहित युरोपमा खेलिरहेकी सावित्रा भण्डारीसँगै सरु लिम्बू, अनिता केसी, रेनुका नगरकोटे, अनिता बस्नेत, हिराकुमारी भुजेल, छन्।

नेपालमा भएको महिला लिग १२ मध्ये एपीएफले लगातार तीनपटकसहित पाँचवटा जितेको छ। एफीएफ नेपालको उत्कृष्ट महिला फुटबल क्लब पनि हो।

प्रकाशित: ३२ जेठ २०८१ १५:०९ | Friday, June 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast