काठमाडौँ- नेपाली बजारमा सुनको भाउ बढेको छ। अघिल्लो दिन प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि बढेको छ।
                            प्रकाशित: १४ असार  २०८१ ११:०७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             

