एक महिनामै पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी संकलन

हिमाल प्रेस १ असार २०८१ १५:०५ | Saturday, June 15, 2024
एक महिनामै पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी संकलन पाथीभरा । फाइल तस्बिर

फुङ्लिङ- ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) मा जेठ महिनामा १६ लाख ५० हजार भेटी संकलन भएको छ। पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद संकलन गरिएको हो।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जेठ महिनामा १६ लाख ६५ हजार नौ सय ५६ संकलन भएको छ। संकलित भेटी बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

समितिले मन्दिरको आय हरेक महिना सार्वजनिक गर्दै आएको छ। चालु आर्थिक वर्षको जेठसम्ममा दुई लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेका समितिले जनाएको छ।

प्रकाशित: १ असार २०८१ १५:०५ | Saturday, June 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast