‘उपत्यकामा वर्षा हुने सम्भावना क्षीण छ’

हिमाल प्रेस ३० जेठ २०८१ ८:१८ | Wednesday, June 12, 2024
‘उपत्यकामा वर्षा हुने सम्भावना क्षीण छ’ काठमाडौँ उपत्यका। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ।

हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ।

यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ। यहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ।

 

प्रकाशित: ३० जेठ २०८१ ८:१८ | Wednesday, June 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast