इरान जाँदै परराष्ट्रमन्त्री श्रेष्ठ

हिमाल प्रेस ७ असार २०८१ १३:०२ | Friday, June 21, 2024
इरान जाँदै परराष्ट्रमन्त्री श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ।

काठमाडौँ- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसीडी)का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औँ बैठकमा भाग लिन शनिबार इस्लामिक गणतन्त्र इरान प्रस्थान गर्ने भएका छन्।

उनी इरानको राजधानी तेहरानमा सोमबार (असार १० गते) आयोजना हुने उक्त बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेको मन्त्रालयले जनाएको छ।

उपप्रधानमन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। मन्त्रिस्तरीय बैठकअघि मन्त्रालयको क्षेत्रीय सङ्गठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले यही असार ९ गते हुने एसीडीका वरिष्ठ अधिकारीहरूको बैठकमा भाग लिनेछन्। उपप्रधानमन्त्री श्रेष्ठ १२ असारमा स्वदेश फर्कने तालिका छ।

प्रकाशित: ७ असार २०८१ १३:०२ | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast