इटालीको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ३४ पुग्यो

हिमाल प्रेस ८ असार २०८१ १५:३३ | Saturday, June 22, 2024
इटालीको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ३४ पुग्यो

रोम- इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको डुंगा दुर्घटनामा थप १४ जनाको शव फेला परेसँगै मृतकको संख्या ३४ पुगेको पुष्टि गरेको छ।

‘यस हप्ताको सुरुमा क्यालाब्रियाको तटमा भएको डुंगा दुर्घटनामा ११ जनाको उद्धार गरिएको थियो भने ६० भन्दा बढी बेपत्ता भएका थिए’, तटरक्षकले विज्ञप्तिमा भनेकाे छ। बेपत्ता व्यक्तिहरूको लागि हवाई एवं समुद्री खोजी जारी रहेको बताएको छ।

तटरक्षकले बिहीबार महिला र बालबालिका सहित १२ जनाको शव फेला परेको जानकारी गराएको हो। यस हप्ताको सुरुमा मेडिकल च्यारिटी डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) ले कम्तीमा २६ जना बालबालिका सहित ६६ जना बेपत्ता भएको जानकारी दिएको थियो।

जर्मन सहायता समूह ‘रेस्क्युशिप’का अनुसार सोमबार इटालीको लम्पेडुसा टापुमा डुबेको डुंगामा १० जनाको शव फेला परेको थियो। संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनका अनुसार गत वर्ष भूमध्यसागरमा करिब ३ हजार १५५ आप्रवासीको मृत्यु र बेपत्ता भएका थिए। यस वर्ष अहिलेसम्म एक हजार भन्दा बढीको मृत्यु र बेपत्ता भएका छन्।

उत्तरी अफ्रिका र इटाली र माल्टा बीचको क्षेत्र भूमध्यसागर विश्वको सबैभन्दा घातक आप्रवासन मार्ग हो।

प्रकाशित: ८ असार २०८१ १५:३३ | Saturday, June 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast