 
                             
                                            काठमाडौँ- इजरायल सरकारले वैदेशिक रोजगार विभागमार्फत ८ सय कामदारका लागि आवेदन खुलाएको छ।
विभागले आज सूचना प्रकाशित गदै वृद्धवृद्धालाई स्याहारका लागि पाँच ५ सय र तीन सय जना वैकल्पिक कामदारको माग गरेको जनाएको छ।
६० प्रतिशत महिला कामदार र ४० प्रतिशत पुरुष कामदारको इजरायलले माग गरेको विभागको सूचनामा भनिएको छ।
२५ वर्ष पूरा भएर ४५ वर्ष ननाघेको १० कक्षा पास गरी अनमी, सिएमए र सम्बन्धि विषयमा कम्तिमा १५ महिना अध्ययन गरेको अथवा कक्षा १२ उत्तीर्ण गरेका व्यक्तिले इजरायलको वृद्धवृद्धालाई स्याहारको रोजगारीमा आवदेन दिन पाउने विभागले जनाएको छ।
यस्तै, उचाईमा १.५ मिटर र कामदारको तौल कम्तीमा ४५ केजी हुनुपर्ने मापदण्डमा उल्लेख छ। सूचनाअनुसार आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने छ।
पहिला इजरायल गएकाहरूले भने आवेदन दिन नपाउने विभागको सूचनामा उल्लेख छ।
स्याहारका लागि जाने कामदारको तलब ५ हजार ८८० इजरायली सेकेल तोकिएको छ। जसको नेपाली रुपयाँ अनुसार २ लाख १० हजार तलब हुन्छ। रोजगारमा जोडिनेहरूले सातामा ४२ घण्टा काम गर्नुपर्ने हुन्छ।
 
 

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 