युरो कपमा इंग्ल्यान्डको विजयी सुरुवात

हिमाल प्रेस ३ असार २०८१ ७:२९ | Monday, June 17, 2024
युरो कपमा इंग्ल्यान्डको विजयी सुरुवात

काठमाडौँ- इंग्ल्यान्डले युरोपियन च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।

जर्मनीको भेल्टिन्स एरिनामा आइतबार इंग्ल्यान्डले सर्बियाविरुद्ध १-० को कठिन जित निकाल्यो ।

जुड बेलिङघमले १३औं मिनेटमा गरेको एक मात्र गोल इङ्ल्यान्डलाई जित दिलाउन पर्याप्त बन्यो।

जितसँगै समूह ‘सी’ को इंग्ल्यान्डले तीन अंक जोड्दा सर्बियाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।

यही समूहको अर्को खेलमा डेनमार्क र स्लोभेनिया १-१ को बराबरीमा रोकिए।

डेनमार्कका लागि क्रिस्टियन एरिकसन र स्लोभेनियाका लागि एरिक जान्जाले गोल गरे।

 

प्रकाशित: ३ असार २०८१ ७:२९ | Monday, June 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast