आज सुनचाँदीको भाउ घट्याे

हिमाल प्रेस ३२ जेठ २०८१ १२:१६ | Friday, June 14, 2024
आज सुनचाँदीको भाउ घट्याे

काठमाडाैँ- आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ। हिजाे स्थिर रहेको सुनको भाउ आज प्रतितोला चार सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

छापावाल सुन बिहीबार प्रतितोला एक लाख ४१ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। बिहीबार प्रतितोला १८ सय १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय रुपैयाँमा किनबेच भइरहेको छ।

यो भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।

प्रकाशित: ३२ जेठ २०८१ १२:१६ | Friday, June 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast