आज मधेशमा ‘श्रमाधान रोजगार मेला’ कार्यक्रम

हिमाल प्रेस १९ जेठ २०८१ ७:०४ | Saturday, June 1, 2024
आज मधेशमा ‘श्रमाधान रोजगार मेला’ कार्यक्रम

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना ‘गरेको श्रमाधान रोजगार मेला’ मधेश प्रदेशको जनकपुरमा आजदेखि सुरु हुँदैछ।

जनकपुरको उद्योग बाणिज्य संघमा सञ्चालन हुने मेलाको श्रममन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्दैछन्।

मेलाको बारेमा जानकारी दिन बिहीबार जनकपुरमा आयोजित पत्रकार सम्मेलमा बोल्दै श्रम मन्त्रालयका उपसचिव एवं मेलाका मधेश प्रदेश संयोजक दिपेन्द्र पौडेलले मेलाले श्रमिक र रोजगारदातालाई जोड्ने बताए।

त्यस्तै, मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकूल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे।

‘मेलाले नेपालको रोजगारी परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउनेछ । यसले राष्ट्रलाई थप समृद्धि र सफलतार्फ लैजानसक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज गर्छ’ उनले भने।

मधेश प्रदेशमा हुने मेलामा बेरोजगार युवाको ज्ञान, सीप, क्षमताका आधारमा मागहरू संकलन गरिने पनि उनले बताए। सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि समेत उनले आग्रह गरे।

श्रम तथा यातायात कार्यालय जनकपुरधामका प्रमुख धर्मराज रोकायाले मधेस प्रदेशमा हुन गइरहेको श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकहरूमा उत्साह थपिएको बताएका छन्।

मेलामा सहभागिताका लागि ३५ स्टल राखिनेछ। हालसम्म ३० भन्दा धेरै स्टल बुकिङ भइसकेको पनि उनले जानकारी दिए। नेपाल उद्योग परिसंघ सिआइएनका मधेस प्रदेश संयोजक प्रमोद शाहले मेलाको उदेश्य देशमै रोजगारी उपलब्ध गराउने रहेको बताए।

मधेश प्रदेशको जनकपुमा १९ र २० गते सञ्चालन हुनेछ। गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ।

लुम्बिनी प्रदेशमा बुटवलमा २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुनेछ।

प्रकाशित: १९ जेठ २०८१ ७:०४ | Saturday, June 1, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast