‘आगोको राप’ मा भक्तराज आचार्यको जीवन संघर्ष

हिमाल प्रेस २ असार २०८१ १३:५० | Sunday, June 16, 2024
‘आगोको राप’ मा भक्तराज आचार्यको जीवन संघर्ष

काठमाडौँ- असार ७ देखि प्रदर्शन हुने फिल्म ‘आचार्य’ को गीत ‘आगोको राप’ सार्वजनिक भएको छ। गीत सत्यस्वरूप नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

नवराज लम्सालको शब्द रहेको गीत गायककार सत्यराज र स्वरूपराज आचार्यले गाएका छन् फिल्म स्व.भजन शिरोमणि भक्तराज आचार्यको जीवन संघर्षमा आधारित छ।

सपना पूरा गर्न सहर हिँडेका भक्तराज यात्रादेखि सुरु भएको गीतको भिडियोमा उनले गीत गाउन गरेको संघर्ष, दैनिकी गुजार्न मेडल बेच्नुपरेको अवस्था, बिरामीपछि भोग्नुपरेको कष्टलाई चित्रण गरिएको छ।

१३ वर्ष अघि नै प्रदर्शन भएको फिल्म भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले असार सातमा पुनः प्रदर्शन गर्न लागेको हो।

फिल्ममा भक्तराज आचार्यको भूमिकामा गायक सत्यराज आचार्य छन्। उनी भक्तराजका जेठा छोरा हुन्। अरुणा कार्की भक्तराजको श्रीमतीको भूमिकामा छिन् भने फिल्ममा सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्कीलगायत चर्चित कलाकारको पनि अभिनय छ।

फिल्म स्व.भजनशिरोमणि भक्तराज आचार्यको जीवनकथामा आधारित छ। १३ वर्ष अघि नै प्रदर्शन भएको फिल्म भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले असार सातमा पुनः प्रदर्शन गर्न लागेको हो।

यसपटक फिल्ममा भक्तराजको निधनपछिका केही दृष्यहरुसमेत समेर्टिको छ। फिल्मका निर्देशक प्रशान्त रसाईली हुन्। रोशन राई निर्माता रहेको फिल्म देवजंग थापाले पुनः सम्पादन गरेका हुन्।

प्रकाशित: २ असार २०८१ १३:५० | Sunday, June 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast