आगामी निर्वाचनमा महिला उम्मेदवारलाई जिताउने गरी तयारी गरौँ : शेरबहादुर देउवा

हिमाल प्रेस ६ असार २०८१ १३:३२ | Thursday, June 20, 2024
आगामी निर्वाचनमा महिला उम्मेदवारलाई जिताउने गरी तयारी गरौँ : शेरबहादुर देउवा

काठमाडौँ-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा महिला उम्मेदवारलाई जिताउने गरी तयारी गर्नुपर्ने बताएका छन्। नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको लैङ्गीक समानता अभिवृद्धिका लागि भावी कार्ययोजना निर्माण विषयक गोष्टीमा बोल्दै सभापति देउवाले कांग्रेसका महिला उम्मेदवारले कम जित्ने गरेको भन्दै आगामी निर्वाचनमा उनीहरूको जितको सुनिश्चिता हुने गरी तयारी गनुपर्ने बताएका हुन्।

उनले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान रहेको स्मरण गरे। देउवाले समावेशी समानुपातिक रुपमा महिलाहरूलाई विभिन्न निकायमा उचित स्थान दिइएकाले महिलाहरूको भूमिका सशक्त हुने विश्वास व्यक्त गरे।

त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले पार्टीभित्रको अन्तर्घातलाई अन्त्य गर्दै बलियो बनाउनुपर्नेमा जोड दिए। उनले पार्टीभित्र गठबन्धन गरे कुनै पनि शक्तिले कांग्रेसलाई हटाउन नसक्ने तर्क गर्नुभयो। राष्ट्रियता, प्रजातन्त्र, समाजवाद लगाएतका बिषयमा कांग्रेसले गर्ने कुरा अरू दलले गर्न नसक्ने उनको भनाइ छ।

त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धुमा कांग्रेसमाथि आरोपै आरोप आउँदा चुप लागेर बस्न नहुने बताए। उनले सो प्रकरणमा कांग्रेसले कमिसन खाएर जग्गा बेचेको छ भने फाइल खोलेर छानबिन समिति बनाउन एमाले अध्यक्ष केपी ओलीलाई चुनौति दिए।

प्रकाशित: ६ असार २०८१ १३:३२ | Thursday, June 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast