आकांक्षाकाे निर्देशनमा असार ६ देखि ‘प्ले द सिस्टम’ मञ्चन हुँदै

हिमाल प्रेस ३० जेठ २०८१ १६:०७ | Wednesday, June 12, 2024
आकांक्षाकाे निर्देशनमा असार ६ देखि ‘प्ले द सिस्टम’ मञ्चन हुँदै

काठमाडौँ- टेकुस्थित काैसी थिएटर (कथा घेरा)मा आगामी असार ६ देखि नाटक ‘प्ले द सिस्टम’ मञ्चन हुने भएको छ। कथा घेरा प्रोडक्सनको छैटौँ बार्षिकाेत्सवको अवसरमा नाटक मञ्चन हुन लागेकाे हाे।

नाटक ‍थेरेसा रेबेकको ह्वाट वी आर अप अगेन्टकाे नेपाली रुपान्तरण हाे। नाटककाे निर्देशन आकांक्षा कार्कीले  गरेकी हुन्। प्रियंकरले नेपालीमा अनुवाद गरेकाे नाटकमा इलम दीक्षित, रञ्जना भट्टराई, ऋषिकेश बस्याल, रोसनी स्याङ्बो, सुरज मल्लको अभिनय रहनेछ।

नाटक असार ३१ सम्म मञ्चन हुनेछ। कथा घेराकै प्रस्तुति रहेको नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ साढे पाँच बजे र शनिबार दिउसो १ बजेको अतिरिक्त सो पनि मञ्चन हुनेछ।

प्रकाशित: ३० जेठ २०८१ १६:०७ | Wednesday, June 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast