आईजीपी वसन्तबहादुर कुँवरलाई बर्खास्त गर्न लागिएको हो?

हिमाल प्रेस ३ असार २०८१ १२:३७ | Monday, June 17, 2024
आईजीपी वसन्तबहादुर कुँवरलाई बर्खास्त गर्न लागिएको हो?

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रहरीका प्रमुख आईजीपी वसन्तबहादुर कुँवरलाई बर्खास्त गर्न खोजिएको भन्दै अनावश्यक हल्ला फैलाइएको बताएका छन्। आज सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले आईजीपी कुँवर परिवर्तन नहुने बताएका हुन्।

उनले भने, ‘मैले अस्तिको दिन मात्रै तीनै संगठनका आईजीपीहरूलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईंहरू ढुक्कसँग काम गर्नूस् भनिसकेको छु। त्यही गतिमा उहाँहरूले काम गर्नुभएको छ। यो हल्ला मात्रै हो।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजीपीको भूमिकामा प्रश्न उठाउँदै सरकारले उनलाई हटाउने तयारी गरेको भन्दै हल्ला फैलाइएको थियो। आज यसबारे दाहालले प्रष्टीकरण दिएका हुन्।

त्यस्तै रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेर हिँडेको भनेर दिएको अभिव्यक्तिबारे पत्रकारको प्रश्नमा प्रधानमन्त्री दाहालले गोजीमा राजीनामापत्र बोक्नु रास्वपाको पहिचान नै भएको बताए।

‘त्यो त रविजीले सुरूमै भन्नुहुन्थ्यो नि, हामी त्यस्ता हौँ भनेर। त्यो चाहिँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला,’ उनले भने, ‘तर मैले बुझेकोमा त्यस्तो केही पनि छैन।’

प्रकाशित: ३ असार २०८१ १२:३७ | Monday, June 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast