आइसीसी वरीयता दीपेन्द्रको वरीयता एक स्थान खस्कियो

हिमाल प्रेस १२ असार २०८१ १७:१० | Wednesday, June 26, 2024
आइसीसी वरीयता दीपेन्द्रको वरीयता एक स्थान खस्कियो दीपेन्द्रसिंह ऐरी

काठमाडौँ-  नेपालका दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ एक स्थान तल झरेका छन्। आइसिसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र सातौं स्थानमा पुगे। दीपेन्द्र १९९ अंक प्राप्त गरे।

श्रीलंकाका वानिन्दु हसरंगा २२२ अंकका साथ शीर्ष स्थानमा उक्लिएका छन्। यसअघि शीर्ष स्थानमा रहेका अस्ट्रेलियाका मार्कस स्टोइनिस भने तीन स्थान खस्किँदै चौथो स्थानमा पुगे।  यस्तै कुशल मल्ल ३६औं स्थानमा कायम रहँदा कप्तान रोहितकुमार पौडेल एक स्थान सुधार गर्दै ५४ स्थानमा उक्लिए।

यसैगरी गुल्सन झा ६९ र कुशल भुर्लेल ७१ औं स्थानमा छन्। दुर्व दुई स्थान तल झरे। करण केसी ७५औं स्थानमा यथावत छन्। टिम वरीयतामा भने नेपाल एक स्थान सुधार गर्दै १७औं स्थानमा उक्लिएको छ।यस्तै ब्याटिङ वरीयतामा दीपेन्द्रसिंह ऐरी ४६, रोहित ६१, आसिफ शेख ६९ औं स्थानमा यथावत छन्। अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष स्थानमा उक्लिँदा भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा झरेका छन्।

बलिङ वरीयतामा सोमपाल कामी ९१औं स्थान यथावत रहँदा दीपेन्द्र एक स्थान खस्किँदै ९७औं स्थानमा पुगे। इङ्ल्यान्डका आदिल राशिद वरीयताको शीर्ष स्थानमा कायम छन्।

प्रकाशित: १२ असार २०८१ १७:१० | Wednesday, June 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast