असार ७ बाट पछि हट्यो ‘शिरफूल’

हिमाल प्रेस ६ असार २०८१ १३:५८ | Thursday, June 20, 2024
असार ७ बाट पछि हट्यो ‘शिरफूल’

काठमाडौँ- फिल्म ‘शिरफूल’ प्रदर्शनको अघिल्लो दिन पछि हटेको छ। प्रचारको लागि समय कम भएको भन्दै निर्माण टिमले प्रदर्शनकाे अघिल्लो दिन मिति पोसपोन्ड गरेको हो। यसअघि असार ७ गते प्रदर्शन हुने भनिएको थियाे। याे सँगै तीन फिल्म भिड्ने भएका थिए।

नयाँ पोस्टरमार्फत टिमले अब फिल्म आगामी साउन १८ मा प्रदर्शन गरिने जानकारी दिएको छ। फिल्मका निर्देशक कमल एक्चै मगर हुन्। फिल्म सामाजिक कथामा आधारित छ।

फिल्ममा रूपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पूजा गदाल, लिला गुरूङ, नीता पुन, किरण मगरलगायतको कलाकारको अभिनय छ। फिल्ममा अभिनेत्री मरिष्का पोखरेल विशेष भूमिकामा छिन्।

देवराज आले मगरको कथा रहेको फिल्म राज थापा र राजु युगिनको पटकथा तथा संवाद छ। फिल्म निरोज श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादनमा बनेको छ। फिल्म आशीर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा निर्माण भएको हो।

भोलि अर्थात् असार ७ देखि हलमा दुई फिल्म लाग्दैछ। पूजा शर्माको पहिलो एक्सन फिल्म ‘दान्भी’ र भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’।

प्रकाशित: ६ असार २०८१ १३:५८ | Thursday, June 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast