अल्लु अर्जुनकाे ‘पुष्पा २’ मंसिर २१ मा प्रदर्शन

हिमाल प्रेस ४ असार २०८१ १३:२९ | Tuesday, June 18, 2024
अल्लु अर्जुनकाे ‘पुष्पा २’ मंसिर २१ मा प्रदर्शन

काठमाडौँ- दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ आगामी ६ डिसेम्बर अर्थात् मंसिर २१ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै मिति सार्वजनिक गरेका हुन्।

यसअघि फिल्म १५ अगस्ट (साउन ३१)मा प्रदर्शन हुने भनिएको थियो। फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना, फहाद फासिल, रमेश रावलगायत कलाकारको अभिनय छ।

फिल्मका लेखक तथा निर्देशक सुकुमार बान्द्रेडी हुन्। फिल्म मैत्री मूभिज मेकरको ब्यानरमा निर्माण भएको छ।

प्रकाशित: ४ असार २०८१ १३:२९ | Tuesday, June 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast