अन्तिम बलमा छक्का प्रहार गर्न नसक्दा हार्‍यो बंगलादेश

हिमाल प्रेस २९ जेठ २०८१ ७:२० | Tuesday, June 11, 2024
अन्तिम बलमा छक्का प्रहार गर्न नसक्दा हार्‍यो बंगलादेश

काठमाडौँ- आईसीसी टी-२० विश्वकपमा बंगलादेशमाथि ४ रनको जित निकाल‍्दै दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ।

सोमबार राति भएको खेलमा बंगलादेशलाई हराउँदै दक्षिण अफ्रिकाको समूह ‘डी’ को शीर्ष स्थानमा छ। एक खेलमा जित र एक खेलमा हार भोगेको बंगलादेश भने २ अंकमा दोस्रो स्थानमा छ।

त्यति नै खेलबाट नेदरल्यान्डस् तेस्रो स्थानमा छ।

एक खेलमा हार भोगेको नेपाल चौथो स्थानमा छ। दुई खेलमा पराजित श्रीलंका अंक तालिकाको पुछारमा छ।

दक्षिण अफ्रिकाले दिएको ११४ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०९ रन मात्र बनाउन सक्यो। १९ दशमलब ५ ओभरमा लक्ष्य पूरा गर्न ६ रन बटुल्नु पर्नेमा एक रन आएसँगै बंगलादेशको हार निश्चित भयो।

बंगलादेशमाथि रोमाञ्चक जित दर्ता गर्न केशव महाराजले ३ विकेट लिए। एनरिच नोट्जे र कागिसो रवडाले समान २ विकेट लिए।

बंगलादेशका टोहिड ह्डोयले सर्वाधिक ३७ रन बनाउँदा रवाडाको बलमा एलबीडब्लु धरापमा परे।

उनले ३४ बलमा २ चौका र २ छक्का हाने। महमुद्दीनले २० रन बनाउँदा महाराजको बलमा मक्रमको हातबाट क्याच आउट भए। कप्तान नजमुल होसैन सान्टोले १४ रन बनाउँदा नोर्टेजको बलमा मक्रमकै हातबाट क्याच आउट हुँदै पेभेलियन फर्के।

त्यसअघि न्युयोर्ककको नासाउ काउन्टी स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १३ रनको योगफल तयार पारेको थियो।

दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले सर्वाधिक ४६ रनको योगदान दिए। उनले ४४ बलमा २ चौका र ३ छक्का हानदा ताक्सिन अहमदको बलमा बोल्ड आउट भए।

डेविट मिलर २९ रन बनाउँदा रिसद होसैनको बलमा बोल्ड आउट भए। ओपनर क्वीन्टन डी कक १८ रन बनाउँदा बोल्ड आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

बंगलादेशका लागि तान्जिम हसन सकिबले ३ विकेट झारे। ताक्सिम अहमदले दुई तथा रिसद हुसैनले १ विकेट लिए।

प्रकाशित: २९ जेठ २०८१ ७:२० | Tuesday, June 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast