काठमाडौँ- सरकारले कर्मचारीको सरुवा स्थगित गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को निर्णय नभएसम्मका लागि कर्मचारीको सरुवा स्थगित गरेको हो।
कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्डको तयारी गर्नुपर्ने भएकाले सरुवा स्थगित गरिएको मन्त्रालयले एक सूचना जारी गरेर जानकारी दिएको छ।
सूचनामा भनिएको छ, ‘नेपाल सरकार, सचिव बैठकको मिति २०८१।३।६ गतेको निर्णयानुसार कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवा सम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवा सम्बन्धी कार्य स्थगित गरिएको व्यहोरा २०८१।३।७ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
प्रकाशित: ९ असार २०८१ २१:३३ | Sunday, June 23, 2024
प्रतिक्रिया



