इस्लामावाद- एसियाली विकास बैंक (एडिबी) ले सार्वजनिक–निजी साझेदारीमार्फत पूर्वाधार तथा सेवामा पाकिस्तानको दिगो लगानीमा सहयोग गर्न २५० मिलियन अमेरिकी डलर सम्झौतामा हस्ताक्षर गरेको छ।
एडीबीको आधिकारिक एक्समा जारी विज्ञप्ति अनुसार शुक्रबार पाकिस्तानका लागि बैंकका कन्ट्री निर्देशक ये योङ र पाकिस्तानको आर्थिक मामिला विभाग (इएडी) का सचिव काजिम नियाजले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
विज्ञप्तिमा, इएडी कार्यक्रमको मुख्य उद्देश्य प्रशासनिक ढाँचालाई सुदृढ पारी संघीय सरकारको सार्वजनिक–निजी साझेदारीको वातावरण सक्षम पार्नु हो।
सार्वजनिक लगानी व्यवस्थापन र सार्वजनिक वित्तीय व्यवस्थापनका लागि नीति, कानुनी र संस्थागत ढाँचालाई सुदृढ पार्दै मिसन हासिल गरिनेछ।
प्रकाशित: ८ असार २०८१ १४:१८ | Saturday, June 22, 2024
प्रतिक्रिया




