गाउँपालिकाले बनाइदियो माछीखोला प्रहरी चौकी भवन

हिमाल प्रेस १८ जेठ २०८१ १८:१३
162
SHARES
गाउँपालिकाले बनाइदियो माछीखोला प्रहरी चौकी भवन

गोरखा– धार्चे गाउँपालिकाको केन्द्रमा रहेको माछीखोला प्रहरी चौकीले नयाँ भवन पाएको छ। गाउँपालिकाकै खर्चमा चौकीको नयाँ भवन बनेको हो। कुल ३७ लाख ३३ हजार लागतमा भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले जानकारी दिए।

भवन निर्माणका लागी २०८० साल मंसिर २४ गते ठेक्का सम्झौता भएको थियो। चार महिनाको अवधिमा भवन निर्माण सम्पन्न भएको हो। प्रहरी चौकीको आफ्नै नाममा रहेको जग्गामा भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत सुनारले जानकारी दिए।

‘प्रहरीको काम कारवाही चुस्त दुरुस्त बनाउन भवनले सहयोग पुग्छ भन्ने अपेक्षा गरेका छौ,’ उनले भने, ‘निर्माण सम्पन्न भएपनि भवनको उद्घाटन भने भएको छैन।’ नयाँ भवनबाट सेवा प्रवाहमा थप सहज हुने अपेक्षा गरिएको छ। वडा नम्बर २ केरौँजामा प्रहरीको अस्थायी पोष्टसमेत स्थापना भएको छ।

केरौँजा र काशिगाउँलाई लक्षित गरी पोष्ट स्थापना गरिएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक नरबहादुर साउदले बताए। उनका अनुसार घर भाडामा लिएर पोष्ट संचालन गरिएको छ। घर भाडा भने पालिकाले तिर्ने गरी सम्झौता भएको छ। गत बर्ष सम्झौता भए पनि केही दिनअघि मात्र पोष्ट स्थापना गरिएको हो।

प्रकाशित: १८ जेठ २०८१ १८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =