यस्ताे छ ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ 

हिमाल प्रेस १८ जेठ २०८१ १४:५६
14
SHARES
यस्ताे छ ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ 

काठमाडौँ- फिल्म ‘लण्डन टु पेरिस’ को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक गरिएको छ। गीतमा बियोण्ड र प्रबिसा अधिकारीको स्वर छ। भने गीत बियोण्डकै शब्द र संगीतमा बनेको छ।

लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, मनिष गान्धी र रुष्मा थापाको नृत्य छ।

घनश्याम लामिछाने निर्देशित फिल्म तीन जोडीको प्रेमकथामा आधारित छ। फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। फिल्म यही जेठ २५ गते प्रदर्शन हुनेछ।

प्रकाशित: १८ जेठ २०८१ १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eighteen =