हुरीले उडाएको जस्तापाताले लागेर १०७ वर्षीय वृद्धको मृत्यु

हिमाल प्रेस १८ जेठ २०८१ १०:१७
20
SHARES
हुरीले उडाएको जस्तापाताले लागेर १०७ वर्षीय वृद्धको मृत्यु प्रतीकात्मक तस्बिर।

पर्सा- हुरीबताससहितको बिहीबारको वर्षाले १०७ वर्षीय वृद्धको ज्यान गएको छ। विन्ध्वासिनी गाउँपालिका–२ की गुबेरी साह घरमा बसिरहेका बेला हुरीले ल्याएको छिमेकी घरको जस्तापाताले लागेर उनकाे ज्यान गएको हो।

जस्तापाताले लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानले उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा उनकाे बाटोमै मृत्यु भएको बताए।

हुरीका कारणले पर्साको बहुदरमाई गाउँपालिका–७ बहुवनमा रहेको एनसेलको टावर ढलेर एकजना घाइते भएका छन्। घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो छन्।

उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भएर अहिले डिस्चार्ज भइसकेका छन्। सोही गाउँपालिकामा हुरीबतासका कारण चारवटा बाख्रा पनि मरेका छन्।

हुरीबतासले पर्साको प्रहरी बिटका छानोसमेत उडाएको छ। जिल्लामा हुरीका कारणले भएको क्षतिको विवरण संकलन जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ जेठ २०८१ १०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =