माधव नेपाल बूढानीलकण्ठतिर, झलनाथ खनाल बालुवाटारतिर

हिमाल प्रेस १७ जेठ २०८१ १०:४५
14
SHARES
माधव नेपाल बूढानीलकण्ठतिर, झलनाथ खनाल बालुवाटारतिर

काठमाडौँ- गत बुधबार मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गृहनिवास नै पुगेर छलफल गरे।

देउवासँग उनी निवास पुगेसँगै राजनीतिक वृतमा स‌शंय थपिएको छ। उनी अहिलेको सत्ता गठबन्धनमा छन्। तर एकाएक प्रतिपक्षी दलका नेतासँग भेट गर्न पुगेपछि नेपालले सरकार छाड्ने अनुमान भइरहेको छ।

यसबारे समाजवादीले सामान्य छलफल भएको बताइरहेको छ। नेता मेटमणि चौधरीसहित नेपाल बुढानीलकण्ठ पुगेका थिए।

जहाँ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसहितका दोस्रो स्तरका नेता थिए। तर नेपालले देउवाले भेटेर संशय पैदा गर्दा समाजवादीकै सम्मानित नेता झलनाथ खनालले भने आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका थिए।

प्रधानमन्त्री दाहाल र नेता खनालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो।

प्रधानमन्त्री दाहाल र नेता खनालबीच झन्डै १ घण्टा छलफल चलेको थियो। नेता खनालले देशको पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको प्रतिक्रिया दिएका थिए।

खनाल सत्ता गठबन्धनमै रहनुपर्ने जिकिर गर्दै आएका छन्। उनी पछिल्लो सरकारका कामकारबाहीप्रति सन्तुष्ट छन्।

प्रकाशित: १७ जेठ २०८१ १०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 18 =