तीन प्रहरी डीआईजीको काज सरुवा

हिमाल प्रेस १६ जेठ २०८१ २१:४२
1.7k
SHARES
तीन प्रहरी डीआईजीको काज सरुवा गृहमन्त्रालय

काठमाडौँ- गृह मन्त्रालयले तीन जना प्रहरी नायव महानिरीक्षकहरूको काज सरुवा गरेको छ। डीआईजीहरू रामदत्त जोशी, लालमणि आचार्य र अर्जुन चन्द ठकुरीको काज सरुवा गरिएको हो।

जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौँ र आचार्यलाई नेपाल प्रहरी शिक्षालय भरतपुर चितवन काजमा पठाइएको छ। ठकुरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरिएको छ।

प्रकाशित: १६ जेठ २०८१ २१:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 14 =