
काठमाडौँ- कोरियामा जेठ १७ देखि सुरु हुने विश्व सैन्य तेक्वान्दो २०२४ मा सहभागी हुने नेपाली सेनाका खेलाडीहरूलाई बिदाइ गरिएको छ। बुधबार प्रधानसेनापति प्रभुराम शर्माले खेलाडीहरूलाई बिदाइ गरेका हुन्।
प्रतियोगितामा नेपाली सेनाका पुरुष र महिला ४/४ जना खेलाडीहरू तथा प्रशिक्षक र अफिसियल गरी जम्मा १० जना सहभागी हुनेछन्।
अन्तर्राष्ट्रिय सैन्य खेल परिषद् (सीआईएसएम)को आयोजनामा सञ्चालन हुने प्रतियोगिता जेठ २३ मा सम्पन्न हुनेछ।
१३८ वटा देशका सेनाहरूको सहभागिता रहेको सीआईएसएम मा नेपाली सेना सन् २०१८ मा सदस्य बनेको थियो।
प्रकाशित: १६ जेठ २०८१ २०:४५
प्रतिक्रिया