देउवाको नजर : मधेश सरकार

हिमाल प्रेस १६ जेठ २०८१ १९:५०
194
SHARES
देउवाको नजर : मधेश सरकार

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा विभिन्न दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्।

बूढानीलकण्ठमा भएको छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरू सहभागी थिए।

सो क्रममा मधेश प्रदेश सरकारको विषयलगायत राजनीतिक घटनाक्रम, सहकारी प्रकरणका लागि गठित छानबिन समिति लगायतबारेमा छलफल भएको नेताहरूले जनाएका छन्। उनीहरूले निरन्तर छलफलमा जुट्ने बताएका छन्।

मधेश प्रदेशमा एमाले, माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि जसपा नेपालका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ।

कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपा एक हुँदा मधेशमा केन्द्रीय सत्ता गठबन्धनबाहेकको सरकार बन्ने सम्भावना छ। मुख्यमन्त्रीले जेठ २१ गते विश्वासको मत लिन प्रदेशसभा बैठक डाकिएको छ।

प्रकाशित: १६ जेठ २०८१ १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =