राप्रपाले भन्यो : मुलुकमा मध्यावधि निर्वाचन हुने सम्भावना देखियो

हिमाल प्रेस १६ जेठ २०८१ १८:३६
46
SHARES
राप्रपाले भन्यो : मुलुकमा मध्यावधि निर्वाचन हुने सम्भावना देखियो

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने बताएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजनीतिक दलहरूका पछिल्ला गतिविधिले प्रतिनिधिसभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना देखा परेको उनको भनाइ छ।

बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहाल आफैँले सत्ता समीकरण बदल्दै हिँड्ने गरेको भन्दै आक्रोश व्यक्त गरे। उनले सम्भावित मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर संगठन निर्माणमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

सम्भावित मध्यावधि निर्वाचनको कुरा मात्रै नभएर पार्टीले सुरु गरेको आन्दोलनलाई सफल बनाउन पनि सिंगो पार्टी पंक्ति संगठन निर्माणमा जुटनुपर्ने अध्यक्ष लिङ्देनले बताए।

अध्यक्ष लिङ्देनले देश ठूला दलहरूले कमजोर बनाएकाले आफूहरूले त्यसको विकल्प खोज्नुपरेको जिकिर पनि गरे।

प्रकाशित: १६ जेठ २०८१ १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twelve =