शिल्पीमा ‘अग्निचक्षु’ मञ्चन

हिमाल प्रेस १६ जेठ २०८१ १५:२९
124
SHARES
शिल्पीमा ‘अग्निचक्षु’ मञ्चन

काठमाडौँ- बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा जेठ १६ (आज)देखि नाटक ‘अग्निचक्षु’ मञ्चन सुरु भएको छ। नाटक चन्द्रप्रसाद पाण्डेय लेखन र झकेन बिसीको परिकल्पना तथा निर्देशनमा बनेको हो।

नाटक जीवित देवी कुमारीको विषयमा आधारित छ। जेठ ३२ गतेसम्म मञ्चन हुने नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ साढे पाँच बजे र शनिबार १ बजेको अतिरिक्त सो हुनेछ।

साइलेन्ट एक्टको प्रस्तुति रहेको नाटकमा मञ्जु श्रेष्ठ, संगीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धिरज थापामगर, शान्ता प्रजापति, राजेन्द्र डंगोल, चक्र प्रसाद पोखरेललगायत कलाकारको अभिनय छ।

नाटकमा अनुप तिमिल्सिनाले नाटकमा संगीतको परिकल्पना तथा संयोजन गरेका छन्। भने प्रत्यक्ष संगीततमा अनुपसँगै शर्मिला गुरुङ, इन्द्रमान महर्जन, प्रतीक प्रजापति रहेका छन् भने जे.डी. तमूको कोरियोग्राफी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =