गण्डकीपछि संकटमा कोशी सरकार

हिमाल प्रेस १६ जेठ २०८१ ११:३६
10
SHARES
गण्डकीपछि संकटमा कोशी सरकार

काठमाडौँ- सर्वोच्च अदालतले गत सोमबार खगराज अधिकारीलाई मुख्यमन्त्रीबाट पदमुक्त गर्‍यो।

अधिकारीले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्चले उनलाई पदमुक्त गर्न आदेश दिएको हो। सर्वोच्चले ठूलो दलका हैसियतमा कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउन परमादेश जारी गर्‍यो।

अधिकारीले ६० सदस्य प्रदेशसभामा ३० जनालाई बहुमत मान्दै विश्वासको मत लिएका थिए। यही प्रक्रियालाई अदालतले गैरसंवैधानिक मान्यो। योसँगै अब अदालतको कठघरामा कोशी प्रदेश सरकार छ।

एमालेका हिक्मत कार्की नेतृत्वको सरकारविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की अदालत गएका छन्। उनले असंवैधानिक तवरले सरकार हिक्मत मुख्यमन्त्री बनेको भन्दै अदालतमा रिट हालेका हुन्। सोही मुद्दाको फैसला आज हुँदैछ।

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र शारंगा सुवेदीको इजलासमा परेको छ ।

कार्कीले रिटमा मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी आफूलाई निरन्तरता दिन माग गरेका छन्।

उक्त रिटमा सर्वोच्चले गत वैशाख २८ गते प्रतिवादीसँग जवाफ माग गरेको थियो भने जेठ ९ गते मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउन आदेश दिएको थियो।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८० साल असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीलाई समर्थन गरेका एमाले सांसदले समर्थन फिर्ता लिएको थियो।

तर समर्थन फिर्ता लिएको ३० दिनभित्र पनि विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङले पदमुक्त गर्दै वैशाख २७ गते हिक्मत कार्कीलाई नियुक्त गरेका थिए।

प्रकाशित: १६ जेठ २०८१ ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =