गर्मी अत्यधिक बढेपछि महानगरपालिकाले दियो विद्यालयलाई पंखा

हिमाल प्रेस १६ जेठ २०८१ १०:०१
8
SHARES
गर्मी अत्यधिक बढेपछि महानगरपालिकाले दियो विद्यालयलाई पंखा

विराटनगर- गर्मी अत्यधिक बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयलाई सिलिङ पंखा उपलब्ध गराएको छ।

विराटनगर महानगर क्षेत्रभित्र सन्चालित ६१ सामुदायिक विद्यालयलाई पहिलो चरणमा पाँच सय थान सिलिङ पंखा उपलब्ध गराएको महानगरले जनाएको छ।

चालु आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटबाटै पंखा खरिद गरेर विद्यालयका प्राधानाध्यपकलाई वितरण गरिएको विराटनगर महानगरपालिकाका कार्यवाहक प्रमुख मधु तिवारीले जानकारी दिए।

महानगरपालिका प्रमुख नागेश कोइरालाले गत वर्ष नै सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पंखा जडान गर्ने घोषणा गरेका थिए।

महानगरको शैक्षिक प्रशासन महाशाखाका अधिकृत सुशील दाहालका अनुसार विद्यालयलाई पाँचदेखि २० थानसम्म सिलिङ पंखा उपलब्ध गराइएको छ।

सामुदायिक विद्यालयमा एक हजार पंखाको आवश्यकता रहेको तर बजेट अभावका कारण तत्काल पाँच सय पंखा मात्र वितरण गरिएको उनले बताए।

शैक्षिक प्रशाशन महाशाखाअन्तर्गत आव २०८०/८१ मा विनियोजित २० लाख रकमबाट सामुदायिक विद्यालयमा पंखा वितरण गरिएको हो।

हाल यस क्षेत्रमा दैनिक ३८ देखि ४२ डिग्री सेल्सियससम्मको तापक्रम मापन गरिएको छ।

प्रकाशित: १६ जेठ २०८१ १०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast