मौसम विभागले भन्यो : मधेशमा तातो हावा बहिरहेको छ, सचेत रहनुहोला

हिमाल प्रेस १६ जेठ २०८१ ८:०२
12
SHARES
मौसम विभागले भन्यो : मधेशमा तातो हावा बहिरहेको छ, सचेत रहनुहोला

काठमाडौँ- केही दिनयता देशभर गर्मी बढिरहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी केही दिनसम्म तराई भेगमा अत्यधिक गर्मीको सम्भावना रहेको महाशाखाले जनाएको छ । आगामी ३ दिन (जेठ १८ गते)सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको छ ।

गर्मीबाट बच्न आवश्यक तयारी गर्न पनि महाशाखाले अनुरोध गरेको छ । तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने र बान्ता आदि हुनसक्ने महाशाखाको भनाइ छ ।

यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान र हल्का लुगा लगाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित: १६ जेठ २०८१ ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =