विविध शीर्षकमा करिब ७६ अर्ब बजेट

हिमाल प्रेस १५ जेठ २०८१ २१:१५
26
SHARES
विविध शीर्षकमा करिब ७६ अर्ब बजेट

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ विविध शीर्षकमा करिब ७६ अर्ब बराबर विनियोजन गरेको छ।

कुनै पनि वार्षिक योजना तथा कार्यक्रममा नराखेर अबण्डा राखिएको बजेट रकम ७५ अर्ब ९५ करोड तीन लाख बराबर छ। सरकारले आगामी आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याउँदा कुल विनियोजनको चार दशमलव आठ प्रतिशत अर्थ विविध शीर्षकमा राखेको हो।

अर्थ विविध शीर्षकको रकम धेरै देखिनुलाई आर्थिक अनुशासनका हिसाबले राम्रो ठानिँदैन।

प्रकाशित: १५ जेठ २०८१ २१:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =