सहकारी ठगी प्रकरण : यी हुन् छानबिन समितिका सात जना

हिमाल प्रेस १५ जेठ २०८१ १८:१५
50
SHARES
सहकारी ठगी प्रकरण : यी हुन् छानबिन समितिका सात जना प्रधानमन्त्रीलाई समितिको कार्यादेश बुझाउदै कार्यदलका सदस्यहरू,

काठमाडौं- सहकारी ठगी प्रकरणको छानबिनका लागि बन्ने संसदीय छानबिन विशेष समितिका सदस्यहरूको टुंगो लागेको छ।

संसदीय छानबिन समिति गठनका लागि बनेको कार्यदलको सहमतिअनुसार समितिमा इश्वरीदेवी न्यौपाने (कांग्रेस), ध्रुवबहादुर प्रधान (राप्रपा) बद्रीप्रसाद पाण्डे (कांग्रेस) लेखनाथ दाहाल (माओवादी केन्द्र)शिशिर खनाल (रास्वपा),सरिता भुषाल (एमाले) सूर्यबहादुर थापा क्षेत्री(एमाले) रहेका छन्।

आज बिहान कार्यदलमा ४ बुँदे सहमति गर्दा ७ सदस्यीय समिति गठन गर्न दलहरु सहमत भएका थिए।

नेपाली कांग्रेसलगायतका विपक्षी दलले सहकारीको रकम हिनामिना भएको भन्दै लामो समयदेखि छानबिन समिति गठनको माग गर्दै आएको थियो।

कार्यदलले तयार गरेको समितिको चार बुँदे कार्यादेशमा सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने उल्लेख छ।

कार्यदलले २९ वटा सहकारीलाई समस्याग्रस्त तोकिएको छ। सहमति पत्रमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, सांसदहरु जीवन परियार, महेशकुमार बर्तौला, शिशिर खनाल, हितराज पाण्डे, ज्ञानेन्द्र बहादुर कार्कीले हस्ताक्षर गरेका छन्।
छानबिन समिति बनाउने सहमति भएपछि आजको बजेट भाषण प्रस्तुत गर्न कांग्रेससहित दलले अबरोध नगरेका हुन्।

प्रकाशित: १५ जेठ २०८१ १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =