
काठमाडौं- सरकारले बंकरदेखि ब्यारेकसम्म कार्यक्रमका लागि १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बंकरदेखि ब्यारेकसम्म कार्यक्रमका लागि १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन्।
यस्तै, अर्थमन्त्री पुनले सेनालाई प्रविधिमत्री पनि बनाइने र राष्ट्रिय सुरक्षा नीतिमा विशेष प्राथमिकतामा राख्दै काम गरिने बताए। यस्तै, उनले रक्षा मन्त्रालयका लागि ५९ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए।
प्रकाशित: १५ जेठ २०८१ १६:५०
प्रतिक्रिया