बढेन बालविकास शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको तलब

हिमाल प्रेस १५ जेठ २०८१ १६:३२
8.3k
SHARES
बढेन बालविकास शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको तलब

काठमाडौँ– तलब बढ्ने आशामा रहेका सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक), विद्यालय कर्मचारी र शिक्षकलाई सरकारले निराश बनाएको छ।

आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दा अर्थमन्त्री वर्षमान पुन शिक्षा क्षेत्रका लागि २ खर्ब ३ अर्ब ६६ करोड बजेट छुट्याएको बताए पनि शिक्षक र विद्यालय कर्मचारीको तलब बढेको भने घोषणा गरेनन्।

तलबमान वृद्धिका लागि नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारको ध्यानाकर्षण गराएको थियो। चालु आर्थिक वर्ष २०८० ८१ मा ईसीडी शिक्षकको तलब दुई हजार रुपैयाँ वृद्धि भएको थियो। आर्थिक वर्ष २०८१ ८२ मा पनि सरकारले विद्यालय कर्मचारी र शिक्षकको तलब भने बढाएन।

ईसीडी शिक्षक र विद्यालय कर्मचारीले समयोचित तलब वृद्धि गरी एकद्वार प्रणालीमार्फत उपलब्ध गराउन माग गरेका थिए।

हाल ईसीडी शिक्षकले संघीय सरकारबाट १० हजार रुपैयाँ, स्थानीय सरकारबाट ७ हजार गरी १७ हजार रुपैयाँ मासिक तलब पाउँछन्।

त्यसैगरी विद्यालय कर्मचारी (लेखापाल) ले १३ हजार पाँच सय र कार्यालय सहयोगीले ८ हजार रुपैयाँ मासिक तलब पाउँछन्।

शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन, शिक्षक-कर्मचारीकाे तलब बढेन, गुणात्मक शिक्षामा जाेड


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =