काठमाडौं- सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको छ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएको बताएका हुन्।
यसैगरी, अर्थमन्त्री पुनले पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको बताए। अर्थमन्त्री पुनले नागरिक उड्डयन पूर्वाधार बनाउन ३ अर्ब ७७ करोड विनियोजन गरिएको बताए।
उनले आगामी आर्थिक वर्षमा नेपालमा १६ लाख पर्यटन भित्र्याउने गरी पर्यटन प्रवर्द्धन गरिने बतए।
प्रकाशित: १५ जेठ २०८१ १६:१५
प्रतिक्रिया