आगामी वर्षदेखि बंगलादेशलाई विद्युत् बेच्ने सरकारको योजना

हिमाल प्रेस १५ जेठ २०८१ १६:०४
8
SHARES
आगामी वर्षदेखि बंगलादेशलाई विद्युत् बेच्ने सरकारको योजना

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि बंगलादेशलाई विद्युत् बेच्ने योजना बनाएको छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षदेखि बंगलादेशलाई विद्युत् बेच्ने योजना सरकारले बनाएको बताएका हुन्।

यस्तै, सरकारले आगामी आर्थिक वर्ष ९ सय मेघावाट विद्युत् थप गरेर राष्ट्रिय प्रणालीको विद्युत् क्षमता ४ हजार ६ सय मेघावाट पुर्‍याइने लक्ष्य पनि लिएको छ। अर्थमन्त्री पुनले विद्युत् प्रसारण लाइन निर्माण र वितरणको काममा निजी क्षेत्रलाई सहभागी गराउने गरी कानुनी प्रबन्ध गर्ने बताए।

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षभित्र १२ सय मेघावाट क्षमताको बूढीगण्डकी, ६७० मेगावाटको दूधकोशी र ४१७ मेघावाटको नलसिंगाड जलविद्युत् आयोजना तथा २ सय मेघावाटको नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको निर्माणको काम सुरु गरिने पनि बताए।

प्रकाशित: १५ जेठ २०८१ १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fifteen =