अर्थमन्त्री पुनले सुनाए बजेटका पाँच प्राथमिकता

हिमाल प्रेस १५ जेठ २०८१ १५:५३
48
SHARES
अर्थमन्त्री पुनले सुनाए बजेटका पाँच प्राथमिकता

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा पाँचवटा प्राथामिकता निर्धारण गरिएको बताएका छन्। संसदमा उनले अहिले बजेट भाषण गरिरहेका छन्।

बजेटका पाँच उद्देश्य रहेको उनले बताए। उनले उत्पादन, उत्पादक र रोजगारी वृद्धि, निजीक्षेत्रको मनोबल बढाउँदै आर्थिक क्रियाकलपमा तीव्रता ल्याउने, मावन संशाधनको विकास गर्ने र स्रोत र साधनलाई सन्तुलित तथा समन्यायिक ढंगमा परिचालित गरेर आर्थिक असामानता र गरिबी न्यूनीकरण गर्ने र सार्वजनिक सेवा प्रभावहलाई प्रभावकारी बनाउने उद्देश्य रहेको बताएका छन्।

आर्थिक सुधारका लागि निजीक्षेत्रको प्रवर्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, औद्योगिकीकरण, पर्यटन र विकास पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार क्षेत्र तोकिएका छन्।

प्रकाशित: १५ जेठ २०८१ १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 4 =